१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : दिपेन्द्र चारपाते माविबाट समायोजन भएर आएका ९ र १० कक्षाका विद्यार्थीलाई बेहडाबाबा माविमा स्वागत गरिँदै । 
२o८१ बैशाख २३ आइतबार १४:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थी संख्या न्यून भएका विद्यालय समायोजन गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२९:oo

धनगढी उपमहानगरपालिकाले विद्यार्थी र शिक्षक संख्या न्यून भएका विद्यालय समायोजनको प्रक्रिया सुरु गरेको छ। विद्यालयहरू गाभ्ने तथा माथिल्ला कक्षाहरू समायोजन गर्ने कार्य अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

हालसम्म नौवटा विद्यालय नजिकका विद्यालयमा समायोजन गर्ने प्रक्रिया पूरा भएको उपमहानगरको युवा, खेलकुद तथा शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले जानकारी दिएका छन्। 

विद्यार्थी र शिक्षक संख्या न्यून भएको धनगढी– ११, को जोकैया आधारभूत विद्यालयलाई नजिकको बेला आधारभूत विद्यालयमा गाभिएको छ। यो विद्यालयमा कक्षा एकदेखि तीनसम्म पठनपाठन हुँदै आएको थियो।

त्यस्तै धनगढी– १८, को नेपाल भूपूसैनिक आविलाई खप्तडी आविमा गाभिएको छ। धनगढी– १७, को कालिका आविका चार र पाँच कक्षा न्यूकालिका आविमा, धनगढी–६, को भैरव आविको ६ देखि आठसम्मका कक्षाहरू वासुदेवी माविमा तथा धनगढी– ९, को सरस्वती आविका ६ देखि आठसम्मका कक्षाहरू धनगढी नमुना माविमा समायोजन गरिएको छ।

वडा नम्बर १२ को नवदुर्गा आविको ६ देखि आठसम्मका कक्षाहरू दुर्गा आविमा, वडा नम्बर १३, को जनता राष्ट्रिय माविका नाै र १० कक्षा सोही वडाकै जनता राष्ट्रिय माविमा र वडा नम्बर १६ को दीपेन्द्र चारपाते  माविका नाै र १० कक्षा बेहडाबाबा माविमा समायोजन गरिएको शिक्षा महाशाखा प्रमुख खातीले जानकारी दिए।

पाँचवटा विद्यालय समायोजनको क्रममा रहेका उनले बताए। अहिले सञ्चालन भइरहेको त्रैमासिक परीक्षा सकेर नजिता प्रकाशन भएपछि ती विद्यालय गाभ्ने र समायोजनको प्रक्रिया अगाडि बढाइने उपमहानगरपालिकाले जनाएको छ । पूरै कक्षा गाभिएका विद्यालयमा अब बालविकास मात्र पढाइ हुनेछ।

उपमहानगरको गत १३ असारमा भएको कार्यपालिका बैठकले नगरभित्रका १४ वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको थियो। बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको थियो। त्यस्तै, आधारभूत तहका दुईवटा विद्यालयका एकदेखि पाँचसम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि आठसम्मका कक्षा र दुईवटा विद्यालयका नाै र १० कक्षा गाभ्ने निर्णय गरेको गरेको थियो। 

नौवटा विद्यालयको समायोजना टुंगिएको छ। तर, समायोजनको निर्णय भएका तीनवटा विद्यालयमा भने स्थानीयस्तरबाट समायोजन गर्न नहुने भन्दै विरोध आएको उपमहानगरले जनाएको छ। यद्यपि, शिक्षकको सहमतिमा त्रैमासिक परीक्षापछि ती विद्यालय समायोजन गरिएने शिक्षा शाखा प्रमुख खातीले बताए।

शैक्षिक गुणस्तर सुधारको प्रयासस्वरूप न्यून विद्यार्थी र शिक्षक भएका विद्यालय तथा कक्षाहरू नजिकका विद्यालय समायोजन गर्न लागिएको उनले बताए।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले यसअघि यहाँका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई भारतको राजधानी दिल्लीका नमुना विद्यालयको अवलोकनसमेत गराएको थियो।
 

 

ad
ad