१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
२o८१ बैशाख १७ सोमबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:२८:oo

पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ। आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराेले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका– ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका– ४ स्थित तीन ठाउँमा पहिरो गएको छ। 

सो स्थानमा ठूला–ठूला ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएकाे छ। केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ। सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासोँ गाउँपालिका– १ तालडाँडामा पहिराेले सडक अवरुद्ध बनाएको थियो। 

त्यस्तै, ६ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराेले सडक अवरुद्ध बनाएको थियो। यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ। 

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन्। ६५ किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलाेमिटर छ।
 

ad
ad