१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Saturday, 26 April, 2025
२o८o भदौ २ शनिबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु मैदानमा अस्ट्रेलियालाई निराश बनाउँदै स्विडेन तेस्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार २o:४७:oo

सह–आयोजक अस्ट्रेलियालाई २–० ले पराजित गर्दै  स्विडेनले फिफा महिला विश्वकप २०२३ मा तेस्रो स्थान हासिल गरेको छ।

अस्ट्रेलियाको ब्रिसवनमा तेस्रो स्थानका लागि आज भएको खेलमा स्विडेनले दुवै हाफमा एक–एक गोल गर्‍यो। ३०औँ मिनेटमा पेनाल्टी प्राप्त गरेपछि स्विडेनले खेलमा पकड बनायो। 

उता, घरेलु मैदानमा पटक-पटक मौका पाए पनि अस्ट्रेलियाले गोल गर्न नसक्दा निराश हुन बाध्य भयो। स्विडेनको जितमा फ्रिडोलिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे। 

दोस्रो हाफमा खेलमा फर्कने प्रयासमा रहेको अस्ट्रेलियालाई ६२औँ मिनेटमा अर्को झड्का लाग्यो। जितसँगै स्विडेनले महिला विश्वकपको इतिहासमा चौथाेपटक तेस्रो स्थानमा रह्यो। स्विडेन यसअघि सन् २०१९, २०११ र १९९१ मा पनि तेस्रो भएको थियो।