१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : द हिलबाट
२o८१ बैशाख २० बिहीबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

स्पेनमा खडेरीपछि खाद्य उत्पादन ६० प्रतिशतले घट्ने विज्ञको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१५:oo

स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा संकट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन  विशेषज्ञहरूले चेतावनी दिएका छन्।

खडेरीका कारण ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउन सक्ने विशेषज्ञहरूको चेतावनी छ। यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै उत्पादन हुने विशेषज्ञहरूको अनुमान छ। 

सन् १९६० को दशकपछि स्पेनमा पहिलोपटक यति लामो समयसम्म खडेरी परेको हो। क्याटेलोनिया र दक्षिणी स्पेनको अन्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ। खडेरीका कारण युरोपियन देशहरूमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड सहरका किसान तथा पशुपालक संघका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए। 

आगामी वर्षमा पनि यही समस्या दोहोरिन सक्ने भन्दै विज्ञहरूले समयमै खाद्यान्नको जाेहो र जल सञ्चित गर्न आग्रह गरेका छन्। 

(सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।) 
 

ad
ad