Skip This
भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदूत हाई
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३१ बुधबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदूत हाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १६:४९:oo

नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताएका छन्। बुधबार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदूत हाईको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

राजदूत हाईले भियतनामीहरू नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बिनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गरे। उनले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरू रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरूले प्रोत्साहन गर्न सक्नुपर्ने बताए। 

उनले नेपालमा पर्यटन ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक रहेको औँल्याए। 

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै राजदूत हाईले दुई देशको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न भियतनाम सकारात्मक रहेको स्पष्ट पारे। 

साथै नेपाल र भियतनाम दुवै देशबीच सीधा हवाई उडान गर्ने विषय भिसाका समस्या रहेको औँल्याउँदै उनले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको अनुभव सुनाए। 

भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी–भियतनाम सीधा उडान गर्न पहल गरिदिन राजदूत हाईलाई आग्रह गरे। उनले नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धन गर्न दुवै देशबीच सीधा उडान आवश्यक रहेको बताए।