१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३५:oo

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सोमबार दिउँसोदेखि सञ्चालनमा आएको हो ।

बेँसीसहर नगरपालिका– ६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सोमबारदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।  

खरखरेमा पानी र ठूलाठूला ढुंगासहितको पहिरो आएको र डोजरले खोतल्दा झन् पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन । तर, सोमबार बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । 

बाटो खुले पनि पहिरोको जोखिम भने कायमै छ । लमजुङ र मनाङ जोड्ने एक मात्र सडक अवरुद्ध हुँदा उत्तरी लमजुङ र मनाङवासी बढी मर्कामा पर्दै आएका छन्।

ad
ad