१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला टी–२० शृंखला नेपालले चार राष्ट्रसँग खेल्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१७:oo

अगस्ट २२ देखि २६ सम्म मलेसियामा हुने शृंखलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले प्रतिस्पर्धा गर्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा हुने चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २२ देखि २६ सम्म मलेसियामा हुने शृंखलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले प्रतिस्पर्धा गर्ने जनाएको हो । जसका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

वायुमास ओभल मैदानमा हुने शृंखला पाँच दिनसम्म चल्नेछ । राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् । थप दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने तालिका छ । नेपालले पहिलो खेल २२ अगस्टमा हङकङ र दोस्रो २३ अगस्टमा कुवेतसँग खेल्नेछ । एक दिनको विश्रामपछि २५ अगस्टमा मलेसियासँग खेल्ने तालिका छ । फाइनल खेल २६ अगस्टमा हुनेछ । 

क्यानले प्रतियोगिताका लागि छनोट गरेको टोलीमा खुसी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक मौका पाएका छन् । बन्द प्रशिक्षणमा रहेका नेरी थापा, रोमा थापा, ज्योति पाण्डे, कृतिका मरासनी, सरस्वती चौधरी, सबनम राई, मनीषा चौधरी, कञ्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महराले भने टोलीमा स्थान बनाउन सकेनन् । टोलीमा कप्तान रुविना, खुसी, रुवि, पूजासहित सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन् । 

यसपछि नेपाली टोलीले आइसिसी विश्वकप एसिया छनोट खेल्नेछ । २८ अगस्टदेखि ६ सेप्टेम्बरसम्म हुने प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित बहराइन, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने तालिका छ । फाइनलमा स्थान बनाउने दुई देश विश्वकपका लागि छनोट हुनेछन् ।

पाठकमाथि हेटौँडामा मोबिल प्रहार
मकवानपुर क्रिकेट संघ (क्यान)को जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधिका रूपमा आएका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौँडामा मोबिल प्रहार भएको छ । तीनजनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले पाठकमाथि मोबिल छ्यापेर भागेका हुन् । क्यान मकवानपुरको अधिवेशन उद्घाटनपछि खाना खाइरहेका पाठकमाथि केही व्यक्तिले मोबिल छ्यापेको क्यान मकवानपुरका कार्यवाहक सचिव विनोदकुमार बानियाँले जानकारी दिएका छन् ।

मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार पाठकमाथि मोबिल छ्यापेर भागेका व्यक्तिहरूको खोजी भइरहेको छ । उनले घटनाको विषयमा प्रहरी कार्यालयमा उजुरी परेको र अनुसन्धान थालिएको जानकारी दिए । क्यानले यस विषयमा ध्यानाकर्षण भएको र कारबाहीको माग गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दको हस्ताक्षरमा भनिएको छ, ‘देशैभरि जिल्ला क्रिकेट संघको अधिवेशन चलिरहेको अवस्थामा यस्ता खालका गतिविधि गर्ने जो–कोही व्यक्ति भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याई कानुनबमोजिम कारबाही हुनुपर्दछ भनी संघ जोडदार माग गर्दछ,’ क्यानको प्रेसविज्ञप्तिमा भनिएको छ । 


 

ad
ad