१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लमजुङमा चितुवाको आक्रमणबाट १० वर्षमा दुई सयभन्दा बढी चौपायामा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५३:oo

पछिल्लो १० वर्षमा लमजुङमा चितुवाको आक्रमणबाट दुई सयभन्दा बढी घरपालुवा जनावरमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ देखि ०७९/८० सम्म दुई सय तीन पशु चौपायामा क्षति पुगेको हो । 

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट गत आवमा ६८ भेडाबाख्रामा क्षति पुगेको थियो । पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट एक सय ९५ भेडा बाख्रा, दुइटा गाईगोरु र ६ वटा भैँसीमा क्षति पुगेको डिभिजन कार्यालयले जनाएको छ । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै आव ०७८/७९ मा ७२ वटा घरपालुवा जनावरमा क्षति पुगेको थियो ।

सो आवमा मात्रै ६८ वटा भेडाबाख्रा, चारवटा भैँसीमा चितुवाले क्षति पुर्‍याएको कार्यालयको तथ्यांकले देखाउँछ । आव ०७७/७८ मा २८ भेडाबाख्रासहित ३० वटा घरपालुवा जनावर, ०७६/७७ मा १३, आव ०७५/७६ मा १०, आव ०७३/७४ मा सातवटा घरपालुवा जनावरमा चितुवाले आक्रमण गरेर क्षति पुर्‍याएको छ । आव ०७०/७१, ०७२/७३ र ०७४/७५ मा एक–एकवटा चौपायामा क्षति पुगेको छ । 

पछिल्लो समय वन्यजन्तुको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका डिभिजन वन कार्यालयका डिभिजन प्रमुख पूर्णेश्वर सुवेदीले बताए । जिल्लामा बर्सेनि घरपालुवा जनावरमा वन्यजन्तुको आक्रमण बढे पनि मानवीय क्षति भने अहिलेसम्म भएको छैन । सरकारले वन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारसहित निर्देशिका तयार गरेको छ ।

निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घरगोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्रसम्बन्धी विशेष व्यवस्थाजस्ता आधार छन् । सरकारले निर्देशिकाबमोजिमको क्षेत्रीय वन निर्देशनालयमार्फत राहत उपलब्ध गराउँदै आएको छ । गत आवमा मात्रै लमजुङमा चितुवासहितको वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका व्यक्तिहरूलाई सरकारले पाँच लाख १२ हजार पाँच सय रुपैयाँ राहत उपलब्ध गराएको थियो । 

ad
ad