Skip This
शीतभण्डार निर्माणमा साढे ९२ लाख अनियमितता,  पूर्वसचिवसहित १६ विरुद्ध मुद्दा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तत्कालीन कृषिसचिव राजेन्द्रप्रसाद भारी ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शीतभण्डार निर्माणमा साढे ९२ लाख अनियमितता,  पूर्वसचिवसहित १६ विरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:५८:oo

शीतभण्डार निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीतभण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्दै अख्तियारले कर्णाली प्रदेशका तत्कालीन कृषिसचिव राजेन्द्रप्रसाद भारीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। 

भारी ०७७ वैशाख २ देखि असोज १ सम्म संघीय कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवमा कार्यरत थिए। यो भ्रष्टाचार भने उनी कर्णालीमा कृषिसचिव हुँदाको हो। 

शीतभण्डार निर्माण कार्य गर्दा विषयविज्ञद्वारा प्रमाणित नगरिएको शीतभण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरिएको, त्यसैका आधारमा खेस्रा नक्सासमेतको विपरीत हुने गरी निर्माणकार्य गरेको, नभएको निर्माणकार्यलाई भएको भनी नापी किताबमा सहीछापसमेत गरी गुणस्तरहीन कार्यलाई गुणस्तर भनी प्रमाणित गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। 

कर्णाली कोल्डचेन लजिस्टिक प्रालि, सुर्खेतले ठेक्का पाएको शीतभण्डार निर्माणमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतबाट ९२ लाख ४३ हजार दुई सय ९८ भुक्तानी भएको थियो। यही रकममा अनियमितता भएको हो।
 
अनियमिततामा संलग्न तत्कालीन मन्त्रालय सचिव भारीलाई ९२ लाख ४३ हजार दुई सय ९८ रुपैयाँ बिगो कायम गरिएको छ। मन्त्रालयका तत्कालीन सबइन्जिनियर गणेश भण्डारीलाई १६ लाख २४ हजार आठ सय ८१ र मन्त्रालयकै तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापालाई एकमुस्ट तीन लाख २५ हजार पाँच सय ६७ बिगो निर्धारण गरिएको छ। 

मन्त्रालय र प्रदेशकै कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त निर्देशक भक्तिराम शर्मा, कृषि अधिकृत गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतलाई पनि तीन लाख २५ हजार पाँच सय ६७ नै बिगो कायम गरिएको छ। 

उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका तत्कालीन लेखा अधिकृत खिमलाल वलीलाई तीन लाख ५३ हजार दुई सय चार र आयोजनाकै कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडालाई सात लाख २६ हजार एक सय ८१ रुपैयाँ बिगो तोकिएको छ। 

आयोजनाकै सबइन्जिनियर सुवर्णराज भारती र तत्कालीन इन्जिनियरलाई जनही ३५ लाख ३६ हजार ६८ र कर्णाली कोल्डचेन लजिस्टिक प्रालिका सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्यद्वय लक्ष्मण कँडेल र प्रबल शाहीलाई एकमुस्ट ९२ लाख ४३ हजार दुई सय ९८ रुपैयाँ बिगो कायम भएको छ।

ad
ad