Skip This
रामेछापका नागरिकले तीन वर्षपछि पाउन थाले राष्ट्रिय परिचयपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Saturday, 27 July, 2024
दीपक भट्ट रामेछाप
२o८o श्रावण २५ बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका नागरिकले तीन वर्षपछि पाउन थाले राष्ट्रिय परिचयपत्र

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १२:३२:oo

रामेछापका नागरिकले व्यक्तिगत विवरण फाराम भरेको तीन वर्षपछि राष्ट्रिय परिचयपत्र पाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालयले ०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण फाराम भर्न सुरु गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले साउन १० गतेदेखि परिचयपत्र वितरणको कार्य सुरु गरेको हो। तीन वर्षअघि परिचयपत्रका लागि फाराम भरेकाहरूमध्ये पहिलो लटमा दुई हजार पाँच सय ८७ जनाको परिचयपत्र आएको र तीमध्ये सयजनाले परिचयपत्र बुझेर लिइसकेका जिल्ला प्रशासनका कम्प्युटर अपरेटर कुमारदास श्रेष्ठले जानकारी दिए। 

प्रशासन कार्यालयले सुरुमा आएका परिचयपत्रबारे सम्बन्धित व्यक्तिलाई मोबाइल नम्बरमार्फत सूचना दिइरहेको छ। परिचयपत्र लिन आउँदा विवरण संकलन गर्दा जिल्ला प्रशासन कार्यालयले दिएको प्रतिलिपि लिएर आउनुपर्नेछ।

जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय तहबाट ०८० साउन १० गतेसम्म एक लाख नाै सय ४० जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालयले आएका सेवाग्राहीको कार्यालयमा नै परिचयपत्रका लागि विवरण संकलन गर्ने र सबै स्थानीय तहमा घुम्ती टोली पठाएर ७० हजार नाे सय ४० जनाको विवरण संकलन गरेको थियो।