अनुमतिविना कार्यालय परिसरभित्र फोटो, भिडियो खिचे कारबाही गर्ने सप्तरी प्रशासनको चेतावनी

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्यालय परिसरमा अनुमतिविना फोटो तथा भिडियो नखिच्न आदेश जारी गरेको छ। बुधबार सूचना जारी गर्दै प्रशासनले पत्रकार तथा सर्वसाधारणले विनाअनुमति फोटो तथा भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन  र पत्रपत्रिकामा राखेको भन्दै त्यस्तो कार्य नगर्न आदेश दिएकाे हो।

कर्मचारीको व्यक्तिगत गोपनीयताको हक र कार्यालयको सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले सार्वजनिक सूचना जारी गरेका हुन्। उक्त आदेशविपरीत गतिविधि गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ।

सुझावित समाचार