१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतको दबाबपछि मात्रै सुन तस्कर पक्राउ परेका सांसद सुवालको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:५o:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको दबाबपछि मात्रै सय किलो सुन तस्करीमा संलग्नहरू पक्राउ परेका दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २७ पटकसम्म सुन तस्करी हुँदा किन पक्राउ परेनन् भन्दै सरकारलाई प्रश्न गरे। ‘२७औँपटकसम्म सुन तस्करी पक्राउमा किन परेन? के तस्करीमा सरकारको संलग्नता छैन र?’ उनले भने, ‘सुन तस्करीबारे भारतीय पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएपछि मात्रै २८औँपटकमा पक्राउ परेको हो कि होइन? प्रधानमन्त्रीजीलाई पनि यसबारे संसदमा स्पष्ट पार्न लगाउन जरुरी छ।’

सांसद सुवालले नेपालको उखु खेती र उखु मिल ध्वस्त पारी ५० हजार टन चिनी भारतबाट आयात गरिएको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रीहरूसँग समेत संसद्ले स्पष्टीकरण लिनुपर्ने बताए।

ad
ad