१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १६:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१० महिनासम्म तलब नपाएपछि बाल विकास शिक्षिका आन्दोलित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४२:oo

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बाल विकासका शिक्षिकाले १० महिनासम्मको तलब पाएका छैनन्। 

भीमदत्त नगरपालिकामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षिकाले १० महिनासम्मको तलब नपाएका हुन्। गत आर्थिक वर्ष ०७९/८० मा दुई महिनाको मात्रै तलब पाएपछि उनीहरू आन्दोलित भएका छन्। 

जिल्लाकै जेठो र धनी नगरपालिकामा कार्यरत बाल विकासका शिक्षिकाले तलब नपाएर सोमबारदेखि पालिकाविरुद्धमा आन्दोलित भएका छन्। आर्थिक रूपमा सम्पन्न पालिकाले तलब दिन आनाकानी गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्। 

भीमदत्त नगरकी बाल विकास शिक्षिका लक्ष्मी पाण्डेयले शिक्षाको सुरुवाती विन्दुमा कार्यरत बाल विकासका शिक्षकमाथि पालिकाले चरम विभेद गरेको बताइन्। ‘पालिकाले वृद्धि भएको हाम्रो पारिश्रमिक दिएको छैन,’ उनले भनिन्, ‘आफूले काम गरेको पैसाका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता छ।’ 

संघीय सरकारले वृद्धि गरेको रकममध्ये पालिकाले गत वर्ष दुई महिनाबाहेक अन्य बाँकी महिनाको तलब नदिएपछि कार्यालयमा धर्ना सुरु गरिएको उनले बताइन्। 

बाल विकास शिक्षक भीमदत्त नगरकी अध्यक्ष विन्दु विष्टले वृद्धि गरिएको तलब माग्नका लागि पालिकामा पटक–पटक अनुरोध गर्दासमेत नदिएपछि बाध्य भएर धर्नामा उत्रिएको बताइन्। 

‘हामीले काम गरेको र संघीय सरकारले घोषणा गरेको तलब नदिएपछि हामी पालिकाविरुद्ध आन्दोलनमा उत्रिएका हौँ,’ उनले भनिन्, ‘पालिकाले हाम्रो तलब नदिएपछि अधिकारका लागि बाध्यतावश धर्नामा बसेका छौँ, माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्छौँ।’ 

विगतमा पालिकासँग गरिएका सम्झौता पनि कार्यान्वयन नभएको उनले बताइन्। चुनावका वेला शिक्षा सुधारदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका बाल विकास शिक्षकको हकअधिकार दिलाउँछौँ भन्ने जनप्रतिनिधि चुनाव जितेपछि वास्ता नै नराख्ने भएपछि बाध्यता भएर आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्। 

जिल्लाका अन्य गरिब तथा आर्थिक रूपमा संकटमा परेका पालिकाले शिक्षा सुधारका लागि भन्दै बाल विकासका शिक्षकको वृद्धि भएको रकम निकासा गरे पनि भीमदत्त नगरपालिले बेस्ता गरेको दुखेसो छ। 

संघीय सरकारले शिक्षामा दिने डल्लो बजेट तलबमा दिँदा कर्मचारी र जनप्रतिनिधिलाई कमिसन नमिल्ने अन्यन्त्र योजना दिएर कमिसन लिने प्रवृत्ति हाबी भएकाले सम्पन्न पालिकाले निम्नस्तरका शिक्षकमाथि अन्याय गरेको दुखेसो पोखेका छन्। भीमदत्त नगरपालिकाले बाल विकासका शिक्षकको तलब दिइने जनाएको छ। 

भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले गत आर्थिक वर्षमा निकास हुन बाँकी रहेको रकम खाता खुलेपछि वितरण गरिने बताए। उनले भने, ‘गत वर्ष आन्तरिक स्रोत अभाव हुँदा बाल विकासका शिक्षकले तलब दिन सकिएन।’ 
 

ad
ad