१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मंगलबारसम्म मनसुन सक्रिय हुने, गण्डकी र लुम्बिनी केन्द्रित वर्षाकाे आकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:११:oo

मनसुनी प्रणाली सक्रिय हुँदा देशभर वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म मनसुन सक्रिय हुने देखिएको छ, यो अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो क्षेत्रमा वर्षाको सम्भावना छ। 

‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा अलि कम वर्षा हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले भनिन्, ‘कोसी, मधेस, बागमतीमा पनि वर्षा हुन्छ।’ 

तीन दिनको अवधिमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भीषण वर्षा हुन सक्ने चेतावनी दिइएको छ। जसकारण नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले भनेको छ।
 
नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (भारतको बिहार राज्य आसपास) छ। सामान्यतयाः न्यूनचापीय रेखा भारतको दिल्ली-कोलकाता क्षेत्रमा रहँदा नेपालका लागि औसत मानिन्छ।

आइतबार साँझ देशभर बदली छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुन सक्ने देखिएको छ।

ad
ad