१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

रेसुंगामा अग्नि नियन्त्रणमा खटिने कर्मचारी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:४७:oo

रेसुंगा नगरपालिकाले आगलागी नियन्त्रणमा खटिने दमकलचालकसहितका कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ।

नगर स्थापना दिवसको अवसरमा नगरप्रमुख खिलध्वज पन्थी र प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले दमकलचालक कमल पन्थीलाई नगद २० हजार र सम्मानपत्रले सम्मान गरेका छन्।

त्यस्तै, प्रेमबहादुर मगर, वसन्त बस्नेत, जीवन पाण्डे र कृष्णबहादुर थापालाई नगद १० हजारसहित सम्मान गरिएको छ। जिल्लाका १२ स्थानीय तहमध्ये रेसुंगा नगरपालिकामा मात्र एउटा दमकल छ।

रेसुंगाको दमकलले आफ्नो क्षेत्रसहित गुल्मीदरबार, इस्मा, छत्रकोट, धुर्कोटलगायतका स्थानीय तहमा पुगेर आगलागी नियन्त्रण गर्दै आएको छ।

कार्यक्रममा मेयर पन्थीले छिमेकी पालिकामा समेत पुगेर आगलागीबाट ठूलो क्षति हुनबाट जोगाएको देख्दा निकै खुसी भएको बताए। जिल्लामा आगलागीले करिब डेढ सय घरगोठ र २५ सय हेक्टर वन क्षेत्र जलेर नष्ट भएको छ।

ad
ad