१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रतिकात्मक तस्बिर
रासस कोलम्बो
२o८१ बैशाख २० बिहीबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

९० हजार श्रीलंकाली खडेरीको चपेटामा

Read Time : < 1 मिनेट
रासस, कोलम्बो
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o२:oo

९० हजारभन्दा बढी श्रीलंकाली खडेरीको चपेटामा परेका यहाँको विपत् व्यवस्थापन केन्द्रले जनाएको छ। पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्तमा खडेरी परेको केन्द्रले आइतबार बताएको हो।

२७ हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन्। २१ हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ।

वर्षायाममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलंकाली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा श्रीलंकाले खाद्य संकट झेल्दै आएको छ । गत वर्ष विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो । यो वर्ष करिब ४० लाख श्रीलंकालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्लुएफपीले गरेको छ।

१० लाख बालबालिकाले विद्यालयमा खाजासँगै अध्ययन गरेका छन् । डब्लुएफपीले देशका नौ जिल्लामा विद्यालय खाजा कार्यक्रम कार्यान्वयन गरेको छ । विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्कुलहरूमा चामल वितरण गरिएको थियो । २१ प्रतिशत श्रीलंकाली सन्तुलित भोजनबाट वञ्चित छन् ।

सामाजिक सुरक्षा, निवृत्तिभरण र मानवीय सहायतामा भर परेका परिवारले गत वर्षको तुलनामा यो वर्ष आम्दानी स्थिर रहेको बताएका छन्। अदक्ष श्रम, कृषि, निवृत्तिभरणमा निर्भर परिवारको अनुपात बढेको छ।

ad
ad