१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् जुवाखालबाट पक्राउ परेकाहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २o:५७:oo

काठमाडौंको नयाँ बसपार्कको जुवाखालबाट पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। टोखा नगरपालिका– ९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा आइतबार राति छापा हानी प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको थियो। उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ। 

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठसमेत छन्। पक्राउ पर्ने अन्यमा बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धीरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल  छन्। 

ad
ad