१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाँचथर जिप दुर्घटना : थप एकजनाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४३:oo

दुई दिनअगाडि पाँचथरमा भएको सवारी दुर्घटनामा परी एकजना घटनास्थलमै र अर्का एकजनाको बिहीबार बिहान मृत्यु भएको छ। दुर्घटनामा परी ताप्लेजुङको मैवाखोला गाउँपालिका– १ ढुंगेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको घटनास्थलमै मृत्यु भएको थियो। 

सोही दुर्घटनामा घाइते भएकी ताप्लेजुङ पापुङकी  २६ वर्षीया हिसेडोमा शेर्पाको आज मृत्यु भएको छ। झापाको बिएनसी अस्पतालमा उपचाररत शेर्पाको बिहीबार बिहान मृत्यु भएको थियो।

गत मंगलबार मेची राजमार्गको इलाम–पाँचथर सडकखण्डअन्तर्गत फिदिम नगरपालिका– २ साम्दिनमा मे.१ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको थियो। 

हाल काठमाडौंमा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी शेर्पा आफ्नो गाउँ पापुङ फर्कने क्रममा जिप दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा चालकसहित १४ जना सवार उक्त जिप झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउने क्रममा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ।

ad
ad