१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जिडब्लुएमको इलेक्ट्रिक गाडी किन्न एभरेष्ट बैंकको सस्तो कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१८:oo

एभरेष्ट बैंकले जिडब्लुएमको गाडी खरिद गर्न सस्तो ब्याजदरमा कर्जा दिने भएको छ । बैंक र जिडब्लुएम गाडीको नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालिबीच कर्जा लगानीसम्बन्धी सम्झौता भएको हो । 

बैंकले आइसिई सवारीसाधन हाभल जोलायन, हाभल एच६, पावर र विंगल तथा इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधनको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको जनाएको छ । सम्झौतामा भिजी इम्पेक्स–जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रूपेश शर्मा भट्ट र बैंकका उपमहाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार बैंकले अधिकतम सात वर्ष अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत सम्म ऋण उपलब्ध गराउने उल्लेख छ । तीन वर्षसम्मको कर्जा अवधिका लागि, न्यूनतम प्रभावकारी ब्याजदर १० दशमलव ८० प्रतिशत रहने बैंकले जनाएको छ । इलेक्ट्रिक गाडीका लागि बेस रेटमा दुई प्रतिशत मात्र थप गरेर कर्जा प्रदान गर्ने जनाइएको छ । त्यस्तै, आइसी मोडेलका गाडीका लागि ब्याजदरमा २ दशमलव ५० प्रतिशत मात्र प्रिमियम थप गर्ने उल्लेख छ । 
 

ad
ad