Skip This
लक्ष्यअनुरूप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १३:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लक्ष्यअनुरूप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १३:२८:oo

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष ०७९/८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो। गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले ७१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ। 

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले कुल तीन अर्ब चार करोड २४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। जसमध्ये दुई अर्ब १५ कराेड ९३ लाख ६३ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। ८८ करोड ३० लाख ९८ हजार कम राजस्व संकलन गरेको छ। 

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आयकरतर्फ ७५ करोड २६ लाख ६३ हजार रुपैयाँमध्ये ६१ करोड ५१ लाख ३८ हजार, बहालवाला करतर्फ तीन करोड २९ लाख ३४ हजारमध्ये एक करोड ६६ लाख ५६ हजार, ब्याज करतर्फ दुई करोड ४३ लाख ६७ हजारमध्ये दुई करोड २८ लाख ९२ हजार राजस्व संकलन भएको छ।

यस्तैगरी, मूल्य अभिवृद्धिकरतर्फ ७४ करोड ३९ लाख ८९ हजारमध्ये ६६ करोड चार लाख पाँच हजार, अन्तःशुल्कतर्फ एक अर्ब ४८ करोड ८३ लाख ५२ हजारमध्ये ८४ करोड ४१ लाख ८५ हजार मात्रै राजस्व संकलन भएको छ। 

शिक्षाकरतर्फ १५ लाख ६ हजारमध्ये ८७ हजार मात्रै राजस्व संकलन भएको छ। विभिन्न शीर्षकमा कर तिर्ने जिल्लामा गत वर्ष २८ हजार तीन सय ६७ कुल करदाता रहेका छन्। आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डोलिन्द्रप्रसाद शर्माले विभिन्न कारणबाट लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको बताए। 

प्रमुख कर अधिकृत शर्माले अन्तःशुल्कतर्फ लाग्ने करदाताको कारोबार नभएको, जमिनको कित्ताकार्ड रोकिएको, निर्माण व्यवसायीले भुक्तानी गर्ने मुख्य अभिवृद्धिकरको समय सीमा वृद्धिदेखि अर्थतन्त्रमा गिरावटले गर्दा आन्तरिक राजस्व लक्ष्यअनुरूप संकलन हुन नसकेको बताए। 

‘गत वर्ष अन्तःशुल्कतर्फ कारोबार हुने अमृत र जगदम्बा मदिरा उद्योगको कारोबार नै वृद्धि भएन,’ प्रमुख कर अधिकृत शर्माले भने, ‘मदिराको कारोबार नहुँदा लक्ष्य नै भेट्टाउन सकिएन।’ 

राजस्व वृद्धिका लागि चालू वर्षदेखि करदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिने प्रमुख कर अधिकृत शर्माले बताए। उनले गत वर्ष केही बजार अनुगमन गरेर व्यवसायीलाई कर दण्ड गरिएको बताए। 

गत आर्थिक वर्ष भन्सार कार्यालयले समेत लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेको छैन भने आन्तरिक राजस्व कार्यालय पनि लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो। सरकारको मूल आम्दानी गर्ने भन्सार र आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेपछि अर्थका जानकार चिन्तित भएका छन्। 
 

ad
ad