१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बस र ट्रक ठोक्किँदा ३० जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१६:oo

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एक–आपसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका– २९ चौधकिलो पुलमा दुर्घटना भएको हो।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको रा.१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ४९४२ नम्बरको ट्रक एक–आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो। घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। 

चालक र अर्का एकजनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए। दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ।

ad
ad