१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० श्रावण ९ मंगलबार ०८:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४० मेगावाटको अपर चमेलियाबाट उत्पादन सुरु

Read Time : < 1 मिनेट
२०८० श्रावण ९ मंगलबार ०८:०४:००

४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ । दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्गृहमा पानी खसालेर उत्पादन सुरु गरिएको हो । अपि पावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेको यो आयोजना सुदूरपश्चिमकै ठूलो आयोजना बनेको छ । 

कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरन जोशीले एक कार्यक्रमका बीच आयोजनाको संयुक्त रूपमा उद्घाटन गरेसँगै सोमबार पावरहाउसमा रहेका तीनवटा जेनेरेटरबाट ४० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो ।

उत्पादित बिजुली १६ किलोमिटर तल रहेको चमेलिया जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत् एक सय ३२ केभीको डबल सर्किट प्रसारण लाइनमार्फत बलाँचस्थित सबस्टेसनमा जोडिएको हो । अबको १५ दिन परीक्षणपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । कम्पनीले तोकिएको अवधिभन्दा ६ महिनाअगाडि नै उत्पादन सुरु गरेको छ । आयोजना सम्पन्न गर्न सात अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।