१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
गणेश लम्साल विराटनगर
२०८० श्रावण ७ आइतबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्युनिस्ट पार्टीहरू एक भए मात्र पुष्पलालको सपना पूरा हुन्छ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० श्रावण ७ आइतबार १७:३०:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सबै कम्युनिस्ट पार्टीहरू एक भए मात्र नेपालमा समाजवादको यात्रा सम्पन्न हुने बताएका छन्।

आइतबार विराटनगरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति सभामा बोल्दै मन्त्री मोदीले आदर्श नेता पुष्पलालले देखेको समाजवादको सपना पूरा गर्न सबै कम्युनिस्ट पार्टीहरू एक हुनुपर्नेमा जोड दिएका हुन्। 

‘स्वर्गीय नेता पुष्पलालले जुन कुरालाई केन्द्रविन्दुमा राखेर कम्युनिस्ट पार्टी स्थापना गर्नु भएको हो। त्यो अझै पूरा भैसकेको छैन। यसैले लक्ष्य प्राप्त गर्न नेपालका कम्युनिस्ट पार्टीहरूबीचको एकता  अपरिहार्य छ,’ मन्त्री  मोदीले भने। देशमा एउटै कम्युनिस्ट पार्टी बनेर अगाडि बढ्न सके  मात्र आमनागरिकले आमूल परिवर्तनको अनुभूति गर्न सक्ने उनको भनाइ छ।

उनले आफू मन्त्री भएपछि प्रशासकीय र व्यवस्थापकीय सुधारमार्फत सुशासन कायम गर्न निरन्तर लागिपरेको र धेरै हदसम्म सुशासनका लागि सफल पनि भएको दाबी गरे।