१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोलाको पानी पिउन बाध्य दलित समुदाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:o३:oo

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका– ४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन्। 

सदरमुकाम खलंगामा जोडिएको स्किम नम्बर १ को मालभेला क्षेत्रमा खानेपानीको लाइन भत्किएपछि अहिले लास्कुबस्तीका दलित समुदाय खोलाको पानी पिउन बाध्य भएका हुन्। 

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा यहाँका पाँच दलित परिवार दुई सातादेखि खोलाको दूषित खानेपानी पिउन बाध्य छन्। 
खानेपानी जोडिएको ठाउँमा पाइप अवरुद्ध भएपछि यो ठाउँमा खानेपानी आएको छैन। धारामा पानी नआएपछि दुई सातादेखि लास्कु खोला भएर बग्ने दूषित पानी पिउन बाध्य भएको स्थानीय भागरथी लावडले बताइन्।

‘पानी बनाइदिन पटकपटक अनुरोध गर्दा पनि अहिलेसम्म घरको धारामा पानी आएको छैन्,’ अमर पार्कीले भने, ‘खोलाको पानी खाँदा बालबालिकामा समेत झाडापखाला, रुघाखोकी लागेकाे छ। धारामा पानी आउँदैन, नजिक पानीको मुहान नभएपछि त्यही खोलामा आएको पानी ल्याएर खाने गरेका छौँ।’ 

मालबेला क्षेत्रमा बर्खायाममा जहिल्यै खानेपानी अवरुद्ध हुने गरेको छ। यस्तै अवस्था रह्यो भने बर्खाको वेला कसरी पानी खाने भन्ने चिन्ता छ उनीहरूलाई। छन्ना तिंकरी कन्या माविमा अध्ययनरत सरिता पार्कीले भनिन्, ‘खानेपानी बनाउन कोही आउँदैनन्। हाम्रो पानीको समस्याबारे थोरै परिवार भएका कारणले चासो दिएका छैनन्। बढी परिवार भएको भए यही बजार क्षेत्रमा मान्छेले बनाइहाल्थे, हाम्रो समस्या माथि पुर्‍याइदिने कोही नहुँदा खानेपानी पिउनबाट वञ्चित भएका छौँ।’

बाढीपहिरोले खानेपानीको मेन लाइन बगाउँदा क्षति पुर्‍याएकाले  खानेपानीको समस्या आएको खलंगा खानेपानी स्किम नम्बर १ का प्लम्बर नरेन्द्र कामीले बताए।

‘खानेपानी समस्याबारे कार्यालयलाई जानकारी भएको छ,’ उनले भने, ‘दुई–तीन दिनभित्र सामान ल्याएर समस्या समाधान गर्ने तयारी छ।’ 

ad
ad