१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

११ सचिवको सरुवा, दुईको पदस्थापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:५५:oo

सरकारले ११ जना सचिवको सरुवा गर्दै दुईजनाको पदस्थापन गरेको छ । सरुवामा विभिन्न मन्त्रालय तथा आयोगका सचिव हेरफेर भएका छन् । निर्वाचन आयोगमा कार्यरत गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । भूमि व्यवस्था मन्त्रालयका सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा जिम्मेवारी दिइएको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भरतराज सुवेदीको सरुवा हुँदा सो मन्त्रालयका सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा खटाइएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यमणि गौतमलाई निर्वाचन आयोग तथा शिक्षा मन्त्रालयका रामकृष्ण सुवेदीको वित्त आयोगमा सरुवा भएको छ । मधुसूदन बुर्लाकोटीलाई उपराष्ट्रपतिको कार्यालय तथा तोयम रायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरुवा गरिएको छ । 

कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकीका प्रमुख सचिव रविलाल पन्थको युवा तथा खेलखुद मन्त्रालयमा सरुवा भएको छ । हालै बढुवा भएका घनश्याम उपाध्यायलाई बागमती प्रदेश तथा लक्ष्मी बस्नेतलाई गण्डकीको प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ । 

ad
ad