१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : रोयटर्स
रासस बेइजिङ
२o८१ बैशाख २० बिहीबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिनियाँ राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्री किसिञ्जरबीच भेटवार्ता

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१४:oo

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । 

सन् ७० को दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहं भूमिका निर्वाह गरेका थिए । त्यसवेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । 

सय वर्षीय किसिञ्जरको यो १००औँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो । 

विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो १००औँ जन्मदिवस मनाएका थिए ।

ad
ad