विमानस्थलबाट बरामद सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु : दीपक मल्होत्रा

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन आफ्नो नभएको दाबी गरेका छन्। आज दिउँसो पत्रकार सम्मेलन गर्दै  विमानस्थलबाट बरामद सुनमा उनले आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। 

मल्होत्राले भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु।' मंगलबार बरामद भएको करिब एक क्विन्टल सुनमा मल्होत्राको संलग्नता रहेकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे समाचार बुधबारकाे नयाँ पत्रिकामा  प्रकाशित भएकाे थियाे।

मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गर्दै आपत्ति जनाएका छन्। विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेकाे थियाे।

सुझावित समाचार