१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनसुनमा सुरक्षित बाइक यात्रा कसरी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४९:oo

सडकको अवस्था : सडकको अवस्थाका विषयमा पहिल्यै जानकारी राख्नुस् । पक्की सडकमा स्कुटरमा पनि जान सकिन्छ । अफरोडमा स्कुटर उपयुक्त हुँदैन । ग्राभेल र अफरोडमा यतिवेला हिलो जमेको हुन सक्छ । त्यसका लागि बाइक नै उपयुक्त हुन्छ । 

टायर चेक गर्नुस् : मनसुनमा सुरक्षित राइडिङका लागि राम्रो ग्रिपसहितको टायर हुन जरुरी छ । धेरै पुरानो टायरको ग्रिप खराब हुन थाल्छ र हिलोमा चिप्लिने डर हुन्छ । त्यसैले आफ्नो बाइकको टायर वेला–वेलामा बदल्नुपर्छ । 

स्पिड : ओभर स्पिड कहिल्यै राम्रो होइन । मनसुनमा अझै यो घातक हुन सक्छ । सडकको अवस्था बिग्रिएको हुन सक्छ र हतारमा ब्रेक लगाउँदा दुर्घटना हुने जोखिम रहन्छ । 

पानी जम्ने ठाउँमा नजानुस् : कतिपय सडकमा वर्षात्को समय खाल्डाखुल्डीमा पानी जमेको हुन्छ । यस्तो ठाउँमा बाइक कुदाउँदा दुर्घटनाको जोखिम रहन्छ । बाइकको इन्जिनमा पानी पस्यो भने बिग्रन सक्छ । त्यसैले यस्ता सडकमा सकभर नजानु नै राम्रो हुन्छ । जानैपरे बाइक बिस्तारै कुदाउनुपर्छ । 

सर्भिसिङ : लामो यात्रामा जानुअघि तपाईंले नजिकैको वर्कसपमा गएर बाइकको कन्डिसन चेकजाँच गर्र्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण मोबिलको चेकजाँच हो । मोबिलले इन्जिनलाई फ्री घुमाउँछ । पर्याप्त मोबिल भएन भने इन्जिन सिज हुन सक्छ । त्यसैले आफू कति किलोमिटर टाढा जाने हो भन्ने यकिन गरेर मोबिलको अवस्था जाँच गर्नुस् । ब्रेकको अवस्था पनि चेक गराउनुपर्छ । तपाईंले सर्भिसिङमा दिएपछि यसलाई बनाउने काम वर्कसपले गर्छ । त्यस्तै, एयर फिल्टर पनि चेक गर्नुपर्छ । एयर फिल्टर फोहोर भयो भने धेरै पेट्रोल खपत हुन्छ । 

रेनकोट बोक्न नभुल्नुस् : मनसुनको समयमा यात्रा गर्दा रेनकोट अनिवार्य रूपमा बोक्नुपर्छ । 

ad
ad