१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नागरिक लगानी कोषको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:१३:oo

 नागरिक लगानी कोषले सेयरधनीलाई दिने योजना बनाएको २५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित भएको छ । कोषको २८औँ वार्षिक साधारणभाले २५ प्रतिशत बोनस सेयर र एक दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव स्वीकृत गरेको हो । 

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले आव ०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको जनाइएको छ । त्यस्तै, लेखा परीक्षकको प्रतिवेदनसहितको ०७९ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले जनाएको छ ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने बताएका थिए ।  

अध्यक्ष प्रा.डा. थापाले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरू, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरू, कोषमा आबद्ध सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरू एवं पुँजीबजारका विभिन्न औजारहरूमा लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरका रूपमा रहेको बताए । कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीलाई समाधान गरी लगानीलाई उत्पादनशील  क्षेत्रमा प्रवाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिएका थिए । कोषको कारोबारलाई क्रमशः सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारलाई विस्तार गरिने उनको भनाइ थियो ।    

ad
ad