Skip This
चालू आर्थिक वर्षको अन्तिम दिन सेयरबजारमा सामान्य सुधार 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असार ३१ आइतबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३१ आइतबार १६:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चालू आर्थिक वर्षको अन्तिम दिन सेयरबजारमा सामान्य सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार १६:o३:oo

चालू आर्थिक वर्ष (०७९/८०)को अन्तिम दिन सेयरबजार सामान्य अंकले बढेको छ। सेयरबजार परिसूचक नेप्से आज १२.१६ अंकले बढेर २०९७. ०९ विन्दुमा पुगेको छ।

आज फाइनान्स, होटेल, जलविद्युत्, जीवन बिमा र व्यापार समूहको सेयर सामान्य घटे पनि बाँकी समूहका सेयर सामान्य अंकले बढेको छ।

आज दुई सय ८६ वटा कम्पनीका ७१ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३७ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज सनराइज फोकस्ड इक्युटी फन्डको सेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरैले घटेको छ।