१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाँच लाख घुस लिने मालपोत अधिकृतलाई एक वर्ष कैद सजाय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १९:oo:oo

भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुखलाई एक वर्ष कैद हुने भएको छ। 

तत्कालीन मालपोत अधिकृत सुनीलकुमार झामाथि मुद्दा दायर भएको एक वर्षपछि फैसला गर्दै विशेष अदालतले उनलाई पाँच लाख रुपैयाँ जरिवानासमेत तोक्ने गरी फैसला गरेको हो। 

उनीमाथि गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा उनलाई विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले सजाय सुनाएको हो। 

निमित्त कार्यालय प्रमुख रहेका वेला जग्गासम्बन्धी हक सफा मुद्दामा पक्षमा फैसला गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको भेटिएको थियो।

उनले पाँच लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले घुस रकम बिगो कायम गर्दै १६ जेठ ०७९ मा मुद्दा चलाएको थियो।
 

ad
ad