१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दासढुंगामा दुर्घटना, १९ जना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o९:oo

चितवनको दासढुंगानजिकै यात्रुवाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान  करिब ५ बजेतिर काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रूखमा अड्किएकाे थियाे ।

 बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरूकाे पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट २५ जनाको उद्धारसहितको टोली खटिएको छ । अहिले बस घटनास्थलमै  छ। रूखले गर्दा ठूलो क्षति हुन नपाएकाे प्रहरीकाे भनाइ छ ।

घाइते हुनेहरूमा भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा, मोरङ हरैँचा नगरपालिका– ३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा, हरैँचा– ८ बस्ने वर्ष ३४ की सुनिता लामिछाने, सुनसरी बस्ने वर्ष ४० की संगीता मगर, झापा मेची नगरपालिका– ११ बस्ने वर्ष ३२ की सुमिमा राई, भक्तपुर नगरपालिका– १ बस्ने वर्ष ३० को मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका– ७ बस्ने वर्ष २७ का सुमन  लामा, भोजपुर अरुण गाउँपालिका– १ बस्ने वर्ष २९ का नन्दबहादुर पाण्डे, वर्ष १९ को लीलाबहादुर पाण्डेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको  छ ।

त्यस्तै, सहचालक सर्लाही लालबन्दी नगरपालिका– १० बस्ने वर्ष ३६ का विक्रम मगर,कन्टेक्टर धादिङ नीलकण्ठ– ७ बस्ने वर्ष ३६ को दिलबहादुर श्रेष्ठ, बसमा सवार सुनसरीकी वर्ष २९ की मनिका राई, बसमा सवार मोरङ हरैँचा नगरपालिका– ५ बस्ने वर्ष २५ की कल्पना राई, वर्ष २५ की सपना राई, धनकुटा सहिदभूमि गाउँपालिका– ४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, निजकै छोरी वर्ष चारकी  दिव्या राई, बसचालक मकवानपुर हेटौँडा उपमहानगरपालिका– २ बस्ने वर्ष ३७ का बादल कुमारको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते धादिङ रुविभ्यालीका ३२ वर्षीय दीपक तामाङलाई भने काठमाडौं पठाइएको छ । घाइते सबैको अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ । 

 

 

ad
ad