१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार ११:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भाइरल ज्वरोबाट कसरी बच्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o६:oo

वर्षातको समयमा बालबालिका र वृद्धवृद्धामा संक्रमण हुने डर हुन्छ । भाइरस तथा ब्याक्टेरियाका कारण भाइरल ज्वरो, श्वासप्रश्वासमा समस्या, झाडापखाला, टाइफाइड आदि संक्रमण हुने गर्छ । 

वर्षातकाे समयमा अधिकांशलाई भाइरल इन्फेक्सन हुने गर्छ । यतिवेला शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले पानीले भिज्दा, धुलो, चर्काे घाममा हिँड्दा भाइरल इन्फेक्सन हुने गर्छ । जसले गर्दा चाँडै रुघाखोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिन सक्छ । 

वर्षातकाे समयमा बालबालिका र वृद्धवृद्धामा संक्रमण हुने डर हुन्छ । भाइरस तथा ब्याक्टेरियाका कारण भाइरल ज्वरो, श्वासप्रश्वासमा समस्या, रुघाखोकी, झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, मलेरिया आदि संक्रमण हुने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण छिटो हुन्छ । जसका कारण खोकी लाग्ने र ज्वरो आउने खतरा धेरै हुन्छ । त्यस्तै, बाढी–पहिरो गएको ठाउँमा ब्याक्टेरियाको संक्रमण हुने जोखिम धेरै रहन्छ ।

कारण
- हावामा पानीको मात्रा बढी हुने भएकाले यस समय संक्रमण चाँडै फैलिन्छ । दूषित हावामार्फत ब्याक्टेरिया शरीरमा प्रवेश गर्छन् र समस्या देखिन्छ । 

- गर्मीका कारण खानेकुरा छोटो समयमा नै कुहिने गर्छ । यस्ता अस्वस्थ खानेकुराले पनि समस्या निम्त्याउँछ । प्रदूषण समस्याको अर्को कारण हो । 

- अधिकांशको बाइक तथा स्कुटरमा यात्रा गर्दा मास्क नलगाई हिँड्ने बानी हुन्छ । हावामा कीटाणु मिसिएको हुन्छ र संक्रमित हुन सकिन्छ । 

- भाइरल इन्फेक्सन भएको मान्छे प्रत्यक्ष भेट्दा पनि संक्रमण सर्न सक्छ । 

कसरी बच्ने ?
- पानी प्रशस्त मात्रामा पिउन जरुरी हुन्छ । तर, उमालेको शुद्ध पानी मात्रै पिउनुपर्छ । 

- भाइरल संक्रमण अर्थात् पखाला, ज्वरो आदिको लक्षण देखिएमा स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपर्छ । 

- व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर, टोल र समाज सफा राख्नुपर्छ । फोहोर थुप्रिन दिनुहुँदैन, जसले गर्दा ब्याक्टेरियल संक्रमण छिटो फैलिन नपाओस् । 

- पानी जम्ने ठाउँ सफा गर्नुपर्छ । टायर, बाहिर राखिएका भाँडाकुँडा, पानी अड्केर बस्न सक्ने ठाउँ सधैँ सफा गर्न आवश्यक हुन्छ । लामो समयसम्म पानी जम्दा लामखुट्टे तथा रोग सार्ने कीटाणु फैलिन सक्छ । 

- बाइक, स्कुटरमा यात्रा गर्दा मास्क अनिवार्य लगाउने । हावा छेक्ने कपडा लगाउने । 

- पानीमा भिजेपछि भाइरल इन्फेक्सन हुन्छ । जसले गर्दा समस्या आउन सक्छ । त्यसैले झरीबाट जोगिने । बाहिर निस्कँदा रेनकोट अनिवार्य बोकेर हिँड्ने । 

- चर्काे घाममा हिँड्नुहुँदैन । चर्को घाममा हिँड्दासमेत ज्वरो आउने हुन्छ । 

ad
ad