मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार २४ आइतबार
  • Friday, 14 August, 2026
संजित परियार काठमाडौं
२o८o असार २४ आइतबार १३:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् घेराउ गर्न मिटरब्याजपीडित बानेश्वरमा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १३:५७:oo

मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएपछि पीडितहरू पुनः धर्ना दिन काठमाडौं आएका छन्। मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरू संघीय संसद् भवन घेराउ गर्न बानेश्वर पुगेका छन्।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट १८ वटा बसमा चढेर करिब एक हजार पाँच सय पीडित शनिबार काठमाडौं आएका थिए। देशका अन्य जिल्लाहरूबाट समेत माइतीघरमा जम्मा भई मार्चसहित नयाँ बानेश्वर पुगेर पीडितहरूले प्रदर्शन गरिरहेका छन्।

मिटरब्याजमा ऋण लगाएर सर्वसाधारणको उठीवास लगाउने साहुकारविरुद्ध देशभरबाट २१ हजार नौ सय ७५ उजुरी परेका छन्। तर, मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएपछि सरकार सहमतिबाट पछि हटेको भन्दै पीडितहरू पुनः राजधानी आएका हुन्।