१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

योजना आयोगका उपाध्यक्ष चीनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:oo:oo

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन शनिबार चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्चस्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन उनी चीन प्रस्थान गरेका हुन् । 

उक्त फोरममा विभिन्न २० देशका मन्त्रीस्तरीय प्रतिनिधिहरू सहभागी हुँदै छन् । कार्यक्रममा विश्वचर्चित अर्थविद् जेफर स्कासका साथै इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)जस्ता संस्थाहरूको समेत सहभागिता हुनेछ ।

आइतबार बेइजिङ फ्रेन्डसिप होटेलमा चिनियाँ विकास (सिआइडिसिए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबार भने उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटघाट हुनेछ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कनेछन् । 

ad
ad