१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अन्नपूर्ण सर्किटको तिलिचो पदमार्गमा फ्याँकिएको फोहोर संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५७:oo

अन्नपूर्ण सर्किटको तिलिचो पदमार्गमा फ्याँकिएको एक सय ५० केजी फोहोर संकलन गरीएको छ। 

पछिल्लो समय पदमार्गमा फोहोरको मात्रा बढ्दै गएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङको आयोजना, मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर संकलन गरिएको हो। 

अन्नपूर्ण सर्किटको तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोरहरू संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले बताए। 

उनका अनुसार पदमार्गमा नकुहिने वस्तुहरू बढेकोले सरसफाइ गरिएको हो। ‘हामीले हरेक वर्ष पदमार्गको फोहोर संकलन गर्दै आइरहेका छौँ,’ उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकहरूलाई थप ऊर्जा प्रदान गर्न र अन्नपूर्ण पदमार्गको तिलिचो सर्किटलाई  सधैँ स्वच्छ र सफा राख्नका लागि पदमार्ग सरसफाइ गरिएको हो।’

असार १८ देखि २० गतेसम्म आयोजना गरिएको ‘पदमार्ग सफाइ’ अभियनाले अन्नपूर्ण पदमार्गमा भेटिएका पानी, कोकका बोतल, चाउचाउ र बिस्कुटका खोलहरू ठूलो मात्रामा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए।

उनका अनुसार अन्नपूर्ण सर्किटअन्तर्गत तिलिचो पदमार्ग जाने खाङसारदेखि तिलिचो किनार ४ हजार ९ सय १९ मिटरको उचाइमा सरसफाइ गरिएको हो। 

यो कार्यक्रमले तिलिचो तालको स्वच्छ वातवरण कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ। पछिल्लो समय विश्वकै अग्लो स्थान (४,९१९ मि.)मा रहेको तिलिचो ताल ट्रेकिङ जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको छ।

प्राकृतिक छटाले भरिएको ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो। यो तालबाट अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि पर्यटकको घुइँचो लाग्ने गर्छ। मनाङ पुगेका पर्यटक तिलिचो तालमा नपुगी कमै मात्र फर्कने गर्छन्। 

कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङसार, थोराङला पास हुँदै जोमसोम निस्कन पुग्छन्। वर्षमा ३० हजार विदेशी पर्यटक र त्यसको दोब्बर आन्तरिक पर्यटक तिलिचो ताल पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङले जनाएको छ। 

लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पदयात्राका सौखिनहरू पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आफूलाई भाग्यमानी ठान्छन्। 

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । 

ad
ad