१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

ट्विटरलाई टक्कर दिने मेटाको एप ‘थ्रेड्स’

अर्थ विश्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१७:oo

मार्क जुकरबर्ग स्वामित्वको मेटाले इन्स्टाग्रामको एक नयाँ एपमाथि काम गरिरहेको छ । यसले एलन मस्कको सामाजिक सञ्जाल ट्विटरलाई टक्कर दिने बताइएको छ । ‘थ्रेड्स’ नामक एप सार्वजनिक भएको छ । यो एउटा टेक्स्ट बेस्ड कन्भर्सेसन एप हो । ट्विटरमा मिल्ने अक्षर सीमा थ्रेड्समा पनि हुनेछ । 

प्रयोगकर्ताले इन्स्टाग्राम प्रयोग गरी थ्रेड्समा लगइन गर्न सक्नेछन् । इन्स्टामा फलो गर्नेलाई प्रयोगकर्ताले थ्रेडमा पनि फलो गर्न सक्छन् । थ्रेड्स एपबारे थप जानकारी आएको छैन । जनवरीदेखि प्रोजेक्ट–९२ अन्तर्गत मेटाले यो एप डेभलप गरिरहेको बताएको छ । 

 ‘करेन्ट’ र ‘ट्रेन्डिङ’ दुवै विषयमा चर्चा गर्न सकिने : एपमा करेन्ट र ट्रेन्डिङ दुवै विषयमा चर्चा गर्न सकिने बताइएको छ । यसमार्फत आफ्ना लोकप्रिय क्रिएटर्ससँग जोडिन सकिन्छ भने आइडिया र विचार साझा गरी आफ्नै लोयल फलोइङ पनि बनाउन सकिन्छ । यो एपले आर्थिक जानकारी र सम्पर्क सूत्रजस्ता डेटा संग्रह गर्नेछ । 

‘थ्रेड्स’का कारण मस्क–जुकरबर्गबीच ‘केज फाइट’ : केही दिनअघि मेटाले ट्विटरजस्तै प्लेटफर्म लन्च गर्ने भनेको थियो । त्यसमाथि बेलायतको डेली मेलले ‘ट्विटर सिध्याउने जुकरबर्गको मास्टर प्लान’ रिपोर्ट प्रकाशित गर्‍यो । यो रिपोर्ट सामाजिक सञ्जालमा भाइरल भयो । क्रिया–प्रतिक्रिया आउन थाले । त्यसैमध्येको एक प्रतिक्रियामा मस्कले जुकरबर्गलाई केज फाइटको चुनौती दिए, जसलाई जुकरबर्गले स्वीकारसमेत गरेका थिए । 

 मस्कको मनोमानीमा ट्विटरमा व्यापक परिवर्तन : गत वर्ष ट्विटर अधिग्रहण गरेसँगै ट्विटरमा मस्कले मनोमानी ढंगले धेरै चिज परिवर्तन गरेका छन् । यसमध्येको महत्वपूर्ण परिवर्तन सशुल्क ‘ब्लु टिक’ हो । कुनै वेला निःशुल्क ब्लु टिकलाई अहिले सशुल्क गरेका छन् । ब्लु टिक भएका प्रयोगकर्ताको अक्षर सीमा २५ हजार पुर्‍याएका छन्, जुन पहिले दुई सय ८० थियो । हालसालै मस्कले ट्विटर पोस्ट पढ्न पनि सीमा तय गरेका छन् । 

ad
ad