१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गौचन हत्याका योजनाकार बस्नेतलाई २० वर्ष कैद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:o५:oo

निर्माण व्यवसायी शरद गौचन हत्याका योजनाकार समीरमानसिंह बस्नेत र सुटर अम्बरबहादुर रानालाई २० वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार सो मुद्दाको फैसला सुनाउँदै केहीलाई भने सफाइ दिएको छ । 

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आंशिक दाबी पुग्ने फैसला गरी बुधबार सजाय सुनाएको हो । गुन्डा नाइके बस्नेतलाई सरकारी वकिलको मागदाबीअनुसार नै सजाय भएको हो । हाल उनी केन्द्रीय कारागारमा छन् । 

यो घटनामा उनकी पत्नी माया शेरचन बस्नेतलाई १० वर्ष कैद सजाय भएको छ । उनले पनि हत्यामा सघाएको प्रहरी निष्कर्ष छ । त्यस्तै, बस्नेतका सहयोगी सोम तामाङलाई १५ वर्ष कैद सजाय भएको छ । श्यामबहादुर गुम्बे, रोशन बुढाथोकी, राजीव स्याङ्तानलाई पाँच वर्ष कैद सजाय भएको अदालतले जनाएको छ । हत्यामा सहयोगी भूमिका खेल्ने केहीलाई सफाइको फैसला भएको छ । 

२३ असोज ०७४ मा गौचनको हत्या भएको थियो । घरबाट कार्यालय जान लाग्दा गाडीभित्रै गोली हानी उनको हत्या भएको थियो । बस्नेतले ठेक्काको कमिसन मागेको र नदिएपछि हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष थियो । बस्नेतले गौचनको हत्यापछि थप निर्माण व्यवसायीलाई धम्क्याएर पैसा मागेका थिए ।

उनलाई पछि प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनी विगतमा कुमार घैँटे समूहसँग मिलेर गुन्डागर्दीमा संलग्न थिए । जेलभित्रैबाट पनि आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा उनीविरुद्ध थप मुद्दा दायर भएको छ ।

ad
ad