१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
दीपक बोहरा देउखुरी
२o८१ बैशाख २२ शनिबार २o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनीको विनियोजन विधेयक पारित

Read Time : < 1 मिनेट
दीपक बोहरा, देउखुरी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:१o:oo

लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको छ । प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिति कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । 

बुधबार बसेको दोस्रो अधिवेशनको १७औँ बैठकले उक्त विधेयक पारित गरेसँगै ‘प्रदेश विनियोजन ऐन ०८०’ नामाकरण गरिएको छ । यसअघिका बैठकमा प्रतिपक्ष दल एमालेका सांसदहरूले अवरोध गरेपछि छलफल हुन सकेको थिएन । 

मंगलबार साँझ सभामुखको रोहबरमा मुख्यमन्त्री डिल्ली चौधरी, अर्थमन्त्री धनबहादुर मास्कीसहित प्रतिपक्ष दलका नेताहरूसँग छलफल भएपछि बुधबार बैठक सहज रूपमा चलेको थियो । 

मुख्यमन्त्री चौधरीले प्रतिपक्ष दलका नेताको मागमा गम्भीर रहेको भन्दै सभालाई सम्बोधन गरेपछि प्रतिपक्ष दलका सांसदहरूले सभालाई सहज रूपमा सञ्चालन गर्न दिएका हुन् । यसअघि प्रदेश सभाले राजस्व र व्ययको अनुमान पारित गरेको थियो । 

आजै अर्थमन्त्री मास्कीले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पेस गरेका छन् । सोही विधेयकमाथि आजै साँझ साढे ७ बजेदेखि छलफल हुनेछ ।

ad
ad