१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ १३ आइतबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विपक्षीको अवरोधले प्रतिनिधिसभा बैठक दुई दिन स्थगित 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १९:o७:oo

विपक्षी दलहरूका कारण अवरुद्ध भएको प्रतिनिधिसभा बैठक दुई दिनका लागि स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी एमाले, विपक्षी दलहरू रास्वपा र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउँदै बुधबार दिउँसो ३ बजे बसेको प्रतिनिधिसभामा अवरोध गरेका थिए । विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

विपक्षीहरूले प्रधानमन्त्रीले राष्ट्रहितविपरीत बोलेको, दिल्लीबाट सरकार बन्छ भन्ने अभिव्यक्ति दिँदा सारा नेपालीको शिर निहुँरिएको भन्दै राजीनामा माग्दै विरोध जनाएका थिए । 

बैठक स्थगित गरेर विपक्षी दलहरूसँग सहमतिको प्रयास गरे पनि कुरा नमिलेको भन्दै सभामुख घिमिरेले शुक्रबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विपक्षीको अवरोधले बैठक स्थगित भएसँगै मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ ।

 

ad
ad