१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समता स्कुललाई एभरेष्ट बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:५४:oo

एभरेष्ट बैंक लिमिटेडले वीरगन्ज कारागारपरिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ वीरगन्ज कारागारपरिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भवनको मर्मत–सम्भार तथा रङरोगन प्रयोजनका लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो । विद्यालयपरिसरमा आयोजित समारोहमा बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लिखित रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ ।

यसबाट कैदीबन्दीका छोराछोरीलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सहयोगले कैदीबन्दीका छोराछोरीको शिक्षादीक्षामा थप सहजता हुने र उक्त विद्यालय वीरगन्ज क्षेत्रकै साझा सम्पत्ति भएकाले सबैले यसलाई जगेर्ना गर्नुपर्ने बताइन् । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको जनाइएको छ । हाल बैंकले देशभरमा एक सय २६ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, ३२ राजस्व संकलन काउन्टर तथा एक सय ६१ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

ad
ad