१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:२७:oo

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० सर्वसहमतिले पारित भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो।

समितिको आजको बैठकमा कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मत रूपमा पारित गरिएको हो। 

संघीय संसद्को प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७)  बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिए। 

समितिको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउनका लागि संघीय संसद्को प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो। 
 

ad
ad