१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विलासिताका वस्तुमा लगाएको कर गरिबका लागि होइन : अर्थमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४९:oo

अर्थमन्त्री  डा. प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक २०८०’मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन्। 

मन्त्री महतले सांसदहरूले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताए पनि सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको दाबी गरे। 

मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्ता भएबमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताए।

मुलुकभित्र हुनेखाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा कर लगाएको जिकिर गरे। सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने बताउँदै उनले न्यून वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गरे।

सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको र सो कर पाँचतारे होटेल वा सोस्तरको रिसोर्ट, १० लाखभन्दा बढी हिरामोती खरिद गर्ने र ५० लाखभन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने उनको भनाइ थियो। 

सरकारले आलु, प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धि गरी साना–साना किसानहरूलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताए। 

ad
ad