१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:४८:oo

हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो।

राष्ट्रिय लक्ष्यअनुरूप जिल्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै जिल्लालाई पनि घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिए।

यस कार्यक्रमका लागि कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रतिनिधि लक्ष्मीप्रसाद भट्टराईको उपस्थिति रहेको थियो। भट्टराईले पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवं कार्यक्रमका सभाध्यक्ष श्यामबहादुर रोकायलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूमिश्वचर पोख्रेल, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढा, स्थानीय तहका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो।

ad
ad