
नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ । नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो ।
बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि उल्लेख्य योगदान र उपलब्धिको चर्चा गर्दै साताव्यापी यो कार्यक्रम चल्ने बैंकले जनाएको छ । नबिल सस्टेनेबल बैंकिङले सुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको छ । बैंकको प्रयासले थुप्रै कोसेढुंगा हासिल गर्न सफल भएको बैंकले उल्लेख गरेको छ ।
दुर्गम क्षेत्रमा शाखा सञ्चालन गरेर ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुर्याएको बैंकले जानकारी दिएको छ । त्यस्तै, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच विस्तार गरेको छ । त्यस्तै, कृषिको व्यवसायीकरण र उद्यमशीलता विकाससमेत गरेको छ ।
ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ एवं डिजिटलाइजेसनमार्फत पहुँच विस्तार गरेको छ । नबिल स्कुल फर सोसियल आन्ट्रप्रेनरसिपमार्फत सामाजिक उद्यमशीलताको विकासमा समेत टेवा पु र्याएको छ । नबिल दिगो बैंकिङ मूलतः ग्रामीण बैंकिङमा केन्द्रित छ । यसले सीमान्तकृत समुदायमा वित्तीय सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै वित्तीय साक्षरता अवधारणामा समेत यसले काम गरिरहेको छ ।
हालै मात्र बैंकले नबिल सस्टेनेबल हाउजिङ लोन सार्वजनिक गरेको थियो । जसमा वातावरणमैत्री घर निर्माणमा कर्जा दिने व्यवस्था छ । बैंकले हाइड्रोमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको जनाएको छ ।