१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३९:oo

विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७४औँ स्थानमा थियो।

दक्षिण एसियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औँ स्थानमा छ। यस्तै, माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भुटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ। यसैगरी, ब‌ंगलादेश १९२औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ। श्रीलंका २०७औँ स्थानमा छ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्।

ad
ad