१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सेमिफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o९:oo

मोक्षदा टी–१० कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । फाइनल प्रवेशका लागि आयोजक मोक्षदा स्कुलले युनाइटेड स्कुलको सामना गर्नेछ ।

अर्को सेमिफाइनल एलआरआई र एपिएल स्कुलबीच हुनेछ । ललितपुरको हात्तिवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भएको पहिलो क्वार्टरफाइनलमा ईशान शाहको उत्कृष्ट प्रदर्शनमा मोक्षदाले डिएभी स्कुललाई हरायो ।

एलआरआईले सेन्ट जेभियर स्कुलाई पाखा लगायो । युनाइटेडले जेम्समाथि जित निकाल्यो । अन्तिम क्वार्टरफाइनलमा एपिएलले अक्षरा स्कुललाई हरायो । ११ टोली सहभागी प्रतियोगिताका विजेताले दश हजार र उपविजेताले पाँच हजार रुपैयाँ पाउनेछन् । 
 

ad
ad