१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्याटल रोप छोटो समयमै पर्याप्त व्यायाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o९:oo

ब्याटल रोप डोरीको सहायताले गरिने व्यायाम हो । यो व्यायाम गर्दा प्रतिमिनेट १० क्यालोरीसम्म बर्न गर्न सकिन्छ । छोटो समयको अभ्यासकै भरमा शरीरलाई सन्तुलित राख्न सकिने भएकाले यो व्यायाम लोकप्रिय बन्दै गएको छ । 

- ३० देखि ५० फिट लामो र १.५ देखि २ इन्च चौडा डोरीको सहायताले यो व्यायाम गर्न सकिन्छ । ब्याटल रोपका लागि आवश्यक उपकरण बजारमा किन्न पाइन्छ । व्यायाम प्रशिक्षक अथवा विज्ञसँग सल्लाह गरेर घरमै पनि यस्तो उपकरण बनाउन सकिन्छ । 

- तपाईंले २० देखि ४० सेकेन्डसम्म व्यायाम गरेपछि २० देखि अधिकतम ६० सेकेन्डसम्म आराम गर्न सक्नुहुन्छ । यसरी कसरत गर्दै र आराम गर्दै १० देखि ३० मिनेटसम्म अभ्यास गर्दा राम्रो हुन्छ । ब्याटल रोपका भिडियोहरू युट्युब वा सामाजिक सञ्जालमार्फत हेर्न सकिन्छ । थप जानकारीका लागि यस्तो अभ्यास गरिरहेका व्यक्ति वा विज्ञसँग परामर्श 
लिन सक्नुहुन्छ । 

फाइदा 

यो व्यायाम गर्दा घुँडा तथा जोर्नीको दुखाइ कम हुन्छ । ३० देखि ५० फिट लामो र १.५ वा २ इन्च चौडा डोरीको सहायताले गरिने यस अभ्यासले मानिसको हृदयको क्षमतालाई पनि बढाउँछ । 

- यस व्यायाममा मांसपेशी अलग–अलग तरिकाले सक्रिय हुन्छन् । त्यसैले फ्याट बर्नसँगै मांसपेशी पनि बलियो हुन्छ । काँध वा बाइसेप्सको आसपास फ्याट घटाउँदै शरीरका हिस्सालाई फिट बनाउँछ । 

- व्यस्त दिनचर्या हुनेका लागि यो सर्वश्रेष्ठ व्यायाम हो । यसमा थोरै समयमा धेरै क्यालोरी बर्न गर्न सकिन्छ । जसले आफ्नो शरीरको फ्याट कम गर्नका लागि घन्टौँसम्म कठिन परिश्रम गरेका हुन्छन्, उनीहरूका लागि यो व्यायाम छोटो बाटो हुन सक्छ । 

- भारोत्तोलन वा ट्रेडमिलका लागि जिमखाना जानुपर्ने वा घरमै आवश्यक सामग्री जोहो गर्नुपर्ने हुन्छ । बाहिर जानुपर्दा यस्तो अभ्यास छुट्ने सम्भावना धेरै हुन्छ । तर, ब्याटल रोप जहाँ पनि गर्न सकिन्छ ।

ad
ad