१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ९ शनिबार
  • Friday, 09 May, 2025
रासस गलकोट
२o८o असार ९ शनिबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली परीक्षार्थी पक्राउ

Read Time : < 1 मिनेट
रासस, गलकोट
नयाँ पत्रिका
२o८o असार ९ शनिबार १५:२२:oo

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय बाग्लुङले शनिबार माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो।

पर्वतको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देहीनिवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रबाहिनीमा कार्यरत छन्। नेपालीलाई अनुसन्धानका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ।