१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १९:o१:oo

उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो।

शैक्षिक मेला सुरु भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए।

महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएकाले बन्द गराइएको उनीहरूको तर्क थियो। अदालतले भने संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न भनेको हो।

महानगरले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एसोसियसन हिसान अदालत गएको थियो। हिसानको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनील पोखरेल, रमण कर्णले बहस गरेका थिए। 

काठमाडौं महानगरको तर्फबाट ओमप्रकाश अर्यालले बहस गरेका थिए। उनी महानगरको कानुनी सल्लाहकार हुन्।
 

ad
ad